logo
  • सोमबार, असोज १९ २०८३

नेपाल र पाकिस्तानबीचको खेलअघि हुने उद्घाटन समारोहमा गायिका त्रिशला गुरूङले गाउने


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १३ २०८०

नेपाल र पाकिस्तानबीच एसिया २०२३ को उद्घाटन खेल आज दिउँसो हुँदैछ। आज पाकिस्तानको मुल्तान रंगशालामा नेपाल र पाकिस्तानबीचको खेल अघि उद्‌घाटन समारोह हुनेछ। सो उद्‌घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरूङले आफ्नो प्रस्तुति दिने भएकी छन्। उनीसँगै आइमा बेगले पनि आफ्नो प्रस्तुति दिनेछिन्।

मुल्तानको रंगशालामा खेल हेर्न अहिलेसम्म १६ हजार बढीले टिकट खरिद गरिरहेको पाकिस्तान क्रिकेटले जनाएको छ। मैदानमा २२ हजार दर्शक अट्ने क्षमता छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend