पब्लिक सूचना
एजेन्सी – चोटमुक्त भएर बायर्न म्युनिखका गोलरक्षक म्यानुएल नोएर सोमबार प्रशिक्षणमा फर्केका छन् । डिसेम्बरमा खुट्टामा चोट लागेपछि नोएर मैदान बाहिर थिए ।

बायर्नले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘३७ वर्षे कप्तानले अन्य गोलरक्षकसँग अभ्यासको सेसन पूरा गरेका छन् । पूनरागमनका लागि उनी एकदम अघि बढेका छन् ।’
यद्दपी नोएरको प्रशिक्षणको विस्तृत विवरण भने क्लबले दिएको छैन । उनी खेलका लागि तयार छन् वा छैनन् भन्ने प्रष्ट छैन । क्लबले प्रशिक्षणमा उनले बल रोक्दै गरेको तस्बिर सार्वजनिक गरेको छ । डिसेम्बर १ मा विश्व कपमा जर्मनीको खेल नै उनको पछिल्लो खेल थियो ।
नोएर पछि क्लबको रोजाईमा रहेका स्भेन उल्रिचले यो सिजनका सुरुवाती सबै तीन खेलमा गोलको सामना गरेका छन् । जसमा आइतबार अग्सबर्गमाथि ३–१ को जित रहेको छ । टोलीमा नयाँ आबद्ध गोलकिपपर डानियल पिरेट्जसँगै नुयोरले अभ्यास गरेको क्लबले जनाएको छ । जर्मन च्याम्पियन टोलीलाई थप मजबुत बनाउन शुक्रबार मात्र ड्यानिललाई भित्र्याएको थियो ।
बायर्नले सिजनको पहिलो खेलका रुपमा रहेको जर्मन कपमा लाइप्जिगसँग ३–० ले पराजित भएको थियो । यो सिजनको सुरुवातमा टोटेनहमबाट ल्याइएका इंग्ल्यान्डका कप्तान ह्यारी केनको उच्च प्रदर्शनबाट प्रेरित बायर्नले बुन्डिस लिगका सुरुवाती दुई खेल जितेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend