logo
  • आइतबार, असोज १८ २०८३

भिसा रद्दको विषयमा समीक्षाले भनिन्– ‘समाचारले आश्चर्य चकित बनायो’


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र ८ २०८०

गायिका समीक्षा अधिकारीले फेरि आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छन् । अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भन्ने समाचारको खण्डन गर्दै उनले अँध्यारो छिचोलेर अगाडि बढ्न खोज्दा फेरि बदनाम गर्न खोजिएको धारणा राखेकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्ना विषयमा आएको समाचारबाट आफै आश्चर्य चकित भएको समेत बताएकी छन् ।

‘आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफै आश्चर्य चकित भएकी छु’, उनले अगाडि लेखेकी छन् ‘हुन त मैले यो भन्दा ठुलो प्रहारहरु खपिसकेकी छु । तै पनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदी बहिनीहरूलाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ती के भयो ।’

‘एउटा उमेर पुगेको मान्छे अस्ट्रेलिया नियम परिधिभित्र रहेर आफ्नो बसाई अस्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रूपले  अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ?’ उनले थपिन् ।

उनले आफ्नो भिसाको निवेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नुपर्ने भएको र त्यो आफूले पठाएको समेत खुलाएकी छन् । उनले स्ट्याटसमा आफ्नी दिदी कुनै नियम तोडेर नभई अस्ट्रेलियाको नियममै रहेर त्यहाँ पढिरहेको बताएकी छन् ।

‘दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिइदिनुस् । सक्नुहुन्छ दुई वटा मिठा शब्द बोलिदिनुस् जसले मनोबल बढाओस् । सक्नुहुन्न मलाई मानसिक तनाव नदिनुस्’, उनले भनेकी छन् ।

यस्तो छ स्टाटस् :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend