पब्लिक सूचना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्। दिनकै सय किलो सुन अवैध रूपमा नेपाल भित्रिरहेको छः ओली “‘भन्सारमा जे छोयो त्यही सुन निस्कन्छ'”।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताएका हुन्।
उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे।
‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने।
कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन। राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।
यी सबै कुरामा सरकारको संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको उनले बताए।
‘संलग्नता छैन भने छानबिन पुष्टि गर्छ। सरकार पहिल्यै किन तर्सेको?,’ उनले भने।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend