logo
  • आइतबार, असोज १८ २०८३

रजनीकान्तको ‘जेलर’ ले पहिलो दिनमै कमायो ४९ करोड


  • पब्लिक सूचना
  • आइतबार, साउन २८ २०८०

दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म ‘जेलर’ बिहीबारदेखि प्रदर्शन भइरहेको छ।

यो फिल्म रिलिज भएको दिन भारतका चेन्नई, बैंग्लोरलगायतका सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो। दक्षिण भारतमा रजनीकान्तको निकै क्रेज छ। फिल्मको पहिलो दिनको पहिलो शो हेर्न कर्मचारीलाई बिदा दिइएको हो।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार बिहान ६ बजेदेखि नै अधिकांश हल हाउसफुल थिए। फिल्मले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ।

यो फिल्मले भारतमा ४९ करोड भारू कमाएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेमा उल्लेख छ। फिल्मले सबैभन्दा धेरै तमिलनाडुमा कमाएको छ। फिल्मले तमिलनाडुमा मात्रै २३ करोड भारू कमाएको हो।

योसँगै सन् २०२३ मा तमिलनाडुमा सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ।

नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend