logo
  • आइतबार, असोज १८ २०८३

राष्ट्रिय युवा संघ नेपाल,धादिङले शिवकुमारको घटना सत्यतथ्य छानबिन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझायो


  • पब्लिक सूचना
  • सोमबार, साउन २२ २०८०

धादिङ । विदेशबाट फर्केको ४ महिनापछि हराएका बेनीघाट रोराङ गाउँपालिका–५ का ४० वर्षीय शिवकुमार कार्कीको घटना नलुकाई सत्यतथ्य बाहिर ल्याउन तथा कुनै पनि बहानामा अपराधी लाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्ने चेष्टा गरेमा चरणबद्ध आन्दोलन गर्ने खवरदारी गर्दै जिल्ला प्रहरी कार्यलय धादिङ र जिल्ला प्रशासन कार्यलय धादिङ लाई राष्ट्रिय युवा संघ नेपाल,धादिङले ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल,धादिङ जिल्ला कमिटी अध्यक्ष सुनिल तामाङको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

धादिङ जिल्ला बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ बस्ने वर्ष ४० को शिवकुमार कार्की मिति २०८० असार ३१ गते राती ७:४६ बजे चरौदिको हुक्का बार रेष्टुरेन्ट बाट बेपत्ता हुनुभएको छ। परिवार तथा आफन्तजनहरुले उहाको खोजतलास गर्दा घटना षड्यन्त्रमुलक भएको र हत्या गरिएको आशंका गरिएको साथै प्रहरी प्रशासन द्वारा गरिएको प्रारम्भिक छानबिनले समेत उक्त घटना शंकास्पद देखिएको व्यहोरा जनाएको छ ।अनुसन्धानको क्रममा प्रहरीले केही सम्बन्धित व्यक्तिहरुलाई पक्राउ समेत गरेको छ अधपी बेपत्ता भएको २२ दिन भन्दा बढी समय बिति सक्दा पनि उक्त घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन ।
अत : निज शिबकुमार कार्किको वास्तविक अबस्था शिघ्रातिशिघ्र बाहिर ल्याउन र घटनमा संलग्न पहिचान गरी दोषी उपर प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित निकाय समक्ष राष्ट्रिय युवा संघ नेपाल,जिल्ला कार्य कमिटी धादिङ जोडदार माग गर्दछ ।कुनै पनि बहानामा अपराधी लाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्ने चेष्टा गरेमा आम नेपाली युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले चरणबद्द आन्दोलनको घोषणा गर्ने समेत जानकारी गराउन चाहान्छ ।

कुवेतबाट बिदामा आएका कार्की साउन २२ गते श्रमिकको रुपमा विदेश जाने तयारी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend