logo
  • आइतबार, असोज १८ २०८३

संसद्को अवरोध हटाउन सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता बस्दै


  • पब्लिक सूचना
  • सोमबार, साउन २२ २०८०

संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सोमबार बस्दै छन्।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा मुख्य सचेतकहरू सहितको छलफल हुन लागेको हो।

छलफल मध्याह्न १२ बजेलाई तय भएको छ।

‘प्रधानमन्त्रीसहित शीर्ष नेताहरू र प्रमुख सचेतकबीच छलफल हुन लागेको हो,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सेतोपाटीसँग भने, ‘सदनको अवरोध हटाउन र संसदीय समितिहरूको सभापति चयन मुख्य विषय हो।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्को उच्चस्तरीय जाँचबुझ समिति बनाएर छानबिन गर्न माग राख्दै साउन १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ।

सदनको अवरोध हटाउन सभामुखले आइतबार पनि शीर्ष नेतासँग कुराकानी गरेका थिए।

त्यस्तै, समितिको सभापति चयन नहुँदा विधेयकमाथिको छलफल प्रभावकारी नभएको भन्दै सांसदहरूले आवाज उठाउँदै आएका थिए।

प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ।

आज बस्ने बैठकमा नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको सूचना दिइने कार्यसूची छ। यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेश गर्ने आजैको कार्यसूचीमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend