logo
  • आइतबार, असोज १८ २०८३

चेल्सीले फ्रान्सेली डिफेन्डर भित्र्यायो


  • पब्लिक सूचना
  • शनिबार, साउन २० २०८०

एजेन्सी – इंग्लिस क्लब चेल्सीले फ्रान्सेडी डिफेन्डर एक्सेल डिसासीलाई क्लबमा अनुबन्ध गरेको छ । फ्रान्सका अन्तर्राष्ट्रिय डिफेन्डर एक्सेल डिसासी एएस मोनाकोबाट ४५ मिलियन युरोमा ६ वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन् । वेस्ले फोफाना घुँडाको चोटका कारण मैदान बाहिर रहँदा उनको स्थान परिपुर्ति गर्न चेल्सीले २५ वर्षीय डिसासीलाई क्लबमा अनुबन्ध गरेको हो । डिसासीले गत […]

वेस्ले फोफाना घुँडाको चोटका कारण मैदान बाहिर रहँदा उनको स्थान परिपुर्ति गर्न चेल्सीले २५ वर्षीय डिसासीलाई क्लबमा अनुबन्ध गरेको हो । डिसासीले गत सिजन फ्रेन्च लिग वानमा मोनाकोबाट सबै ३८ खेल खेलेका थिए ।

चेल्सीमा अनुबन्ध भएसँगै डिसासीले चेल्सीको हिस्सा बन्न पाउँदा गर्व लागेको बताएका छन् । ‘म यहाँ धेरै ठूला कुराहरू हासिल गर्ने आशा गर्दछु । उपाधि जित्न म कुनै कसर बाँकी राख्दिन त्यसका लागि सक्दो प्रयास गर्नेछु ।’ डिसासीले भने ।

यस्तै चेल्सीले ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजलाई पनि क्लबमा अनुबन्ध गर्न सहमत भएको छ । पहिलो रोजाईका एडुआर्ड मेन्डी साउदी अरेबियाको क्लबमा अनुबन्ध भएपछि चेल्सीले सान्चेजलाई २५ मिलियन पाउण्डमा सहमत बनेको हो ।

मेन्डी यसै समर ट्रान्सफरमा साउदीको अल हिलाल पुगेका छन् । सान्चेजले अब पहिलो रोजाईमा स्थान बनाउन केपा एरिजाबलागासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend