पब्लिक सूचना
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द भएको जनाएको छ ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी भेटिएको भन्दै जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेको थियो । सोही सुरक्षा चेतावनीका कारण केन्द्रको अनलाइन समकक्षता प्रणालीमा अहिले सुरक्षा अद्यावधिक गर्ने काम भइरहेको केन्द्रले जनाएको छ ।
सुरक्षा प्रणालीलाई मजबुत बनाउने कार्यका कारण सेवाग्राहीले पाउने समकक्षतासम्बन्धी सेवाहरू हाललाई रोकिएको केन्द्रले जानकारी दिएको छ।
प्राविधिक अद्यावधिकको काम सकिनासाथ सेवाहरू पुनः सुचारु हुनेछन् । यो अस्थायी अवरोधबाट सेवाग्राही तथा सरोकारवालाहरूमा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमा समेत मागेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend