logo
  • बुधबार, असोज २८ २०८३

लेजिस्लेटर्स फोरममा गणेश पराजुलीले भने- हिमालय संरक्षणका लागि विश्वव्यापी एकता आवश्यक


  • पब्लिक सूचना
  • बुधबार, असोज २८ २०८३

२८ असोज, काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

चीनमा आयोजित सन् २०२६ को लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेसमा नेपालको प्रतिनिधित्व गर्दै उनले यस्तो धारणा राखेका हुन्। उक्त कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी रहेको छन्

कार्यक्रममा पराजुलीले उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्ति विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए।

हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत रहेका पराजुलीले हिमनदी पग्लिने क्रम, बाढी तथा पहिरोजस्ता जलवायुजन्य विपद्का प्रभाव कुनै एक देशको सीमामा मात्र सीमित नहुने उल्लेख गरे।

हिमालय संरक्षण, प्रभावकारी विपद् पूर्वसूचना प्रणाली र जलवायु उत्थानशीलताका लागि विश्वव्यापी ऐक्यबद्धता तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबीचको दूरी अन्त्य गर्दै व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्नेमा पराजुलीले जोड दिए। शैक्षिक संस्थालाई उद्योगको आवश्यकतासँग जोडेर युवाका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend