logo
  • मंगलबार, असोज २७ २०८३

पाँच निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, कुन संस्थालाई कति वर्ष प्रतिबन्ध?


  • पब्लिक सूचना
  • मंगलबार, असोज २७ २०८३

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।

कार्यालयको २०८३ असोज २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मंगलबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ।

कालोसूचीमा पर्नेहरूमा अछामको कमलबजार नगरपालिकाको सिफारिसमा धनगढी, कैलालीस्थित बराहा डेभलपर्स प्रा.लि. (साविक राजेन्द्र निर्माण सेवा प्रा.लि.) परेको छ। भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै हरिनगरा गाउँपालिका सुनसरीको सिफारिसमा महोत्तरीको जलेश्वरस्थित दिपक निर्माण सेवा (मुख्य व्यक्ति सोमन्त यादव), भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा बुटवलको अभियन्ता कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्ति सजल नेपाल), पशु रोग अन्वेषण प्रयोगशाला पोखराको सिफारिसमा तनहुँको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि. (मुख्य व्यक्ति राजकुमार श्रेष्ठ) र प्रसौनी बहुप्राविधिक शिक्षालय बाराको सिफारिसमा पर्साको प्रिन्स कन्स्ट्रक्सन (मुख्य व्यक्ति अरविन्द चौरसिया) लाई दुई-दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

844838178_1109339911454236_7959382471042698160_n

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend