logo
  • सोमबार, असोज २६ २०८३

राति ६ घण्टा बन्द गरेर पृथ्वी राजमार्गको गलौंदी खण्ड मर्मत गरिने


  • पब्लिक सूचना
  • सोमबार, असोज २६ २०८३

२६ असोज, धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, थप मर्मतसम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार, आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

यसअघि गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा सडक भासिएपछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो।

तर, उक्त सडकखण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनेर रातिको समय पारेर आवागमन रोक्न लागिएको प्रशासनले स्पष्ट पारेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend