logo
  • शनिबार, असोज २४ २०८३

दोस्रो टी-२०: भारतमाथि वेस्ट इन्डिजको ६ विकेटको सानदार जित, शृङ्खला १-१ को बराबरीमा


  • पब्लिक सूचना
  • शनिबार, असोज २४ २०८३

वेस्ट इन्डिजले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा १-१ को बराबरी गरेको छ।

भारतले दिएको २५० रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८.३ ओभरमै ४ विकेट गुमाएर २५२ रन बनाउँदै जित हासिल गर्‍यो। ९ बल बाँकी छँदै लक्ष्य पूरा गर्ने क्रममा वेस्ट इन्डिजका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरे।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४९ रनको विशाल योगफल तयार पारेको थियो। तर भारतीय बलरहरूले उक्त विशाल स्कोर जोगाउन सकेनन्।

यो जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा उत्कृष्ट पुनरागमन गर्दै १-१ को बराबरी बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend