पब्लिक सूचना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता गराउने भएको छ।
राप्रपाको केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लाका अध्यक्षहरूलाई परिपत्र जारी गर्दै निर्वाचन निर्देशिका २०७८ बमोजिम युवाको प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको हो।
निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङले हस्ताक्षर गरेको पत्र अनुसार मंसिर २५, २६ र २७ गते हुने केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट गर्दा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका कम्तीमा १ जना महिला वा पुरुष अनिवार्य रूपमा सहभागी गराउनुपर्नेछ।
पार्टीमा युवा नेतृत्व र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले यो व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend