logo
  • बुधबार, असोज २१ २०८३

कोरिया पठाउने भन्दै छोरालाई अलपत्र पारेको टिकटकबाट सार्वजनिक, समातिए आरोपी


  • पब्लिक सूचना
  • बुधबार, असोज २१ २०८३

२१ असोज, काठमाडौं । कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

एक महिलाले कोरिया पठाउने भन्दै २ वर्षदेखि आफ्नो छोरालाई अलपत्र पारको भन्दै टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई पक्राउ गरेको हो । उनीमाथि ठगीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend