पब्लिक सूचना
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माउने क्रममा आमाको मृत्यु भएको छ । सोमबार दिउँसो अपरेसन गरेर बच्चा जन्मेपछि राति करिब ३२ वर्षीया रबिना तामाङको मृत्यु भएको हो ।
मृतक धादिङको गजुरी गाउँपालिका वडा नम्बर–८ की स्थानीय हुन् । उनी असोज १८ मा अस्पताल भर्ना भएकी थिइन् ।
सुत्केरीको मृत्युपछि उनका परिवार र आफन्त आक्रोशित भएका छन् । अस्पतालको लापरबाहीको कारण सुत्केरीको मृत्यु भएको उनीहरूले आरोप लगाएका छन् ।
अहिले अस्पतालमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए । उनले भने, ‘अस्पताल प्रशासन र चिकित्सकहरूसँग पीडित परिवारको कुराकानी भइरहेको छ ।’
रबिनाले जन्माएको बच्चालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend