पब्लिक सूचना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ ।
आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । आइतबार सुरु भएको महाधिवेशनमा कांग्रेसकै शेरबहादुर देउवा समूहको भने सहभागिता रहेको थिएन ।
सोमबार सञ्चालन हुने बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend