logo
  • आइतबार, असोज १८ २०८३

कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा को–को पुगे ?


  • पब्लिक सूचना
  • आइतबार, असोज १८ २०८३

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा केहीबेरबाट उद्घाटन सत्र सुरु भएको हो ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो ।

उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न दलका शीर्ष नेताहरू उद्घाटनस्थलमा पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायत पुगेका छन् ।

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको छ ।

निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend