logo
  • आइतबार, असोज १८ २०८३

कुलेखानीमा १५२७ मिटरमा पानी पुगेपछि साइरन बज्ने


  • पब्लिक सूचना
  • आइतबार, असोज ११ २०८३

मकवानपुर । कुलेखानी जलाशय मा पानीको सतह आज बिहान ५ बजेसम्म १५२५.११ मिटर मापन गरिएको छ।

यस जलाशयमा १५३० मिटर सम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेको छ र अहिले पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।

अहिले निरन्तर वर्षा भइरहेकोले जलाशय हिजो–अस्तिको भन्दा केही द्रुत गतिमा सतह बढी रहेको छ। पानीको सतह  थपिँदै गएर १५२७ मिटर पुगेमा पहिलो साइरन बज्ने छ ।

क्रमशः ३ पटक साइरन बजेपछि पानीको सतह १५३० मिटर पुगेको हुनेछ र बिस्तारै बाध (ड्याम)को मुख्य ढोका खोलिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend