पब्लिक सूचना
चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘आबाट आमा २’को टिजरले दर्शकको राम्रो साथ पाएको छ।
सोमबार सार्वजनिक भएको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको हो। टिजर २२ घण्टामै युट्युबमा १४ लाखभन्दा बढीपटक हेरिएको छ।
३ मिनेट ३८ सेकेन्ड लामो टिजर कृष्ण (पल शाह)ले मलिका महतलाई बोकेर हिँडिरहेको दृश्यबाट अघि बढाइएको छ। आमाको औषधि लिन पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने बताउँछन्। तर, त्यही क्रममा आमाको फोन आउँदा उनले उठाउँदैनन्। घर फर्किएपछि आमा सुतिरहेको देख्दा कृष्ण डराएको दृश्य टिजरमा देखाइएको छ।
टिजरमा आमा-छोराको सम्बन्ध, पारिवारिक संवेदना र दशैंको परिवेशलाई केन्द्रमा राखिएको छ। टिजरमा पल शाह, मलिका महत र विपना थापालाई मुख्य रूपमा देखाइएको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, रिश्ता गुरूङ, नरेन खड्का, गजित विष्टलगायत कलाकारको अभिनय छ।
‘आबाट आमा २’ असोज ३० गतेदेखि प्रदर्शन तयारीमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend