logo
  • आइतबार, असोज १८ २०८३

चालकले नै गरे बसमा आगजनी


  • पब्लिक सूचना
  • सोमबार, असोज ५ २०८३

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। बसमा आगोलाग्दा चालक बस भित्रै भएको तथा नभागेकोले उनैले आगो लगाएको प्रहरीको प्रारम्भित्र बुझाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पनि चालकले नै आगजनी गरेको हुन सक्ने आशंका गर्दै यसबारे अनुसन्धान भइरहेको बताए।

‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्ला तर अहिलेसम्मको अनुसन्धानमा चालकबाट नै आगजनी भएको भन्ने हाम्रो निष्कर्ष छ’ उनले भने ।

आगलागीको कारण पनि केही बताइएको छैन। तर ट्राफिक प्रहरीसँग विवाद भएपछि आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ।

बस नम्बर बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।

बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहायतामा निभाइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend