logo
  • आइतबार, असोज १८ २०८३

आज तीन वटा संसदीय समितिको बैठक बस्दै


  • पब्लिक सूचना
  • सोमबार, असोज ५ २०८३

५ असोज, काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्ने छन् ।

सोमबार बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकहरूको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची छ।

उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयका सचिवहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई समेत आमन्त्रण गरेको छ।

यसैगरी बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख/प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ ।

यसैगरी सोमबार बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङ जिल्लामा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माण, पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend