पब्लिक सूचना
१७ भदौ, काठमाडौं । चीनले रसुवगढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ।
यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
सडक खुलाउने काम विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। त्यहाँ भिन्न विधिको समन्वयमार्फत खोज तथा उद्धार कार्य भइरहेको छ।
सीसीटिभीका अनुसार पानीका कारण अवरुद्ध भएको सडकको अन्तिम खण्डलाई अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याइएको छ । जसले गर्दा भारी मेसिनरीसमेत आवतजावत गर्न सक्ने भएको छ।
केरुङ नाकाको मुख्य विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय राजमार्ग सफा गर्ने भारी मेसिनरीको काम चिनियाँतर्फको केरुङ नाका भवन रहेको मूल स्थाननजिकैसम्म पुगेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend