पब्लिक सूचना
८ भदौ, काठमाडौं । अभियनता दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित उपस्थित हुन सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश जारी गरेको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंको रिटमा बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन आदेश गरेको हो।
अदालतले प्रसाईंलाई घरबाहिर हिँड्डुल नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न पनि भनेको छ। लिखित जवाफसँगै भदौ ४ गते गरिएको घर खानतलासीमा बरामद सामग्री पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा सर्वोच्च आदेश जारी गरेको छ।
‘…आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘साथै, निवेदनसाथ संलग्न मिति ०८३ भदौ ४ गतेको खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend