पब्लिक सूचना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी छात्रावास सञ्चालकहरूलाई २१ बुँदे निर्देशन जारी गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले काठमाडौँभित्र सञ्चालनमा रहेका निजी छात्रावासका सञ्चालकहरूलाई छात्रावास सञ्चालनसम्बन्धी सो निर्देशन जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवम् सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरूको पूर्ण पालना हुनुपर्ने, छात्रावासमा बस्ने विद्यार्थी एवम् व्यक्तिहरूलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवम् मर्यादापूर्ण रूपमा रहन वातावरण तयार गर्नुपर्ने लगायत २१ बुँदे निर्देशन दिएको छ ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend