logo
  • आइतबार, असोज १८ २०८३

जाजरकोटमा डाेग्रा खोलाले बगाउँदा दुई जना बेपत्ता


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र ५ २०८३

६ भदौ, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।

३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार डाेग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ।

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

लगातारको वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend