logo
  • आइतबार, असोज १८ २०८३

कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेला/सम्मेलनका ५ निर्णय


  • पब्लिक सूचना
  • आइतबार, साउन ३१ २०८३

नेका नेता डा कोइराला काठमाडौँ, ११ साउनः नेपाली कांग्रसका नेता डा शशांक कोइराला आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार– २०८१ समर्पण वितरण समारोहमा आफ्नो धारणा राख्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

विशेष महाधिवेशनमा सहभागी नरहेका नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन सकिएको छ।

साउन २९ गते उद्घाटन भएको बेला विभिन्न ५ प्रस्ताव पारित गर्दै तथा ५ निर्णयसहित आज सम्पन्न भएको हो।

भेलाको उद्घाटन र समापन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी भएका थिए।

नेता प्रकाशशरण महतले विभिन्न ५ निर्णय गर्दै सम्मेलन सकिएको सेतोपाटीलाई जानकारी दिए। भेलाले अब हुने कार्यक्रम पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गर्दै जाने पनि निर्णय गरेको छ। कोइराला अब संस्थापनइतर पक्षका नेता भएका छन्।

यस्ता छन् निर्णय-

१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।

१५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ।

२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो। आज पनि देश अप्ठेरो स्थितिमा छ। यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने।

३. नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाल रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ।

४. वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्बाद गरि निकाश दिइने छ।

५. २०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहनु हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend