logo
  • आइतबार, असोज १८ २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौँ । आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै, बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

यता पूर्वाधार विकास समितिको बैठकमा भने विद्युत्को वितरण लाइन र पोलहरू समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाइएको छ । उक्त समितिको बैठक पनि बिहान १०ः०० बजेका लागि तय गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend