logo
  • आइतबार, असोज १८ २०८३

न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन


  • पब्लिक सूचना
  • मंगलबार, साउन १२ २०८३

काठमाडौँ । मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

ठूला बचतकर्तालाई सहकारी संस्थासँग मिल्नका लागि विभिन्न निकायबाट दबाब आएको र यसका कारण आफूहरू थप पीडामा परेको भन्दै उनीहरूले मङ्गलबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। साना र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने उनीहरूको माग छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले छिटोभन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन्।

साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने माग उनीहरूले राखेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिएजस्तो गरे पनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए।

समस्याग्रस्त घोषणा नगरिएका केही सहकारीले पनि बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend