logo
  • आइतबार, असोज १८ २०८३

नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध


  • पब्लिक सूचना
  • सोमबार, साउन ११ २०८३

काठमाडौँ । मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको हो। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

सुरुङमार्गको उद्घाटन भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै दबाब दिएको हो।

पीडित बासिन्दाहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने र सडक पेटी फराकिलो बनाउनुपर्ने माग अघि सारेका छन्। आयोजनाबाट प्रभावित पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।

यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको उचित व्यवस्था हुनुपर्ने र फ्लाई ओभरको काम यथाशीघ्र सुरु गर्दै त्यसको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ गरिनुपर्ने माग संघर्ष समितिले राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend