logo
  • आइतबार, असोज १८ २०८३

माकलबारीमा गाडीमा लोड गरिएको अक्सिजन ग्याँस सिलिन्डर पड्किँदा पैदलयात्रीको मृत्यु


  • पब्लिक सूचना
  • शुक्रबार, असार २६ २०८३

काठमाडौँ । काठमाडौँको माकलबारीमा गुडिरहेको गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।

सिलिन्डर विस्फोट भएर त्यसको टुक्राले लाग्दा माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको ज्यान गएको हो।

Makalbari gas explode_NPL (1)

दुर्घटनापछि घटनास्थलमा मानिसहरूको बाक्लो भीड लागेको छ भने स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीले कडा सुरक्षा तथा निगरानी बढाएका छन्।

Makalbari gas explode_NPL (2)

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार सडकमा गुडिरहेको गाडीमा अचानक अक्सिजन सिलिन्डर विस्फोट भएको थियो। सोही क्रममा सडकमा हिँडिरहेका थापालाई सिलिन्डरको उछिट्टिएको टुक्राले लागेको थियो।

Makalbari gas explode_NPL (3)

सिलिन्डरको टुक्रा लागेर गम्भीर घाइते भएका थापालाई तत्कालै उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गुडिरहेको गाडीमा कसरी सिलिन्डर विस्फोट भयो भन्नेबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

Makalbari gas explode_NPL (4)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend