logo
  • आइतबार, असोज १८ २०८३

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना


  • पब्लिक सूचना
  • आइतबार, असार २१ २०८३

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालय आइतबार आयाेजना गरेकाे मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाए।

आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने भन्दै उनले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले त्यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्न सरोकार भएका निकायलाई सुझाए।

यहाँका पर्यटनसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र व्यवसायीले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend