logo
  • आइतबार, असोज १८ २०८३

हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने


  • पब्लिक सूचना
  • सोमबार, असार १५ २०८३

हेटौँडा । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ सडक आगामी असार २५ गतेसम्मै बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित वडा नम्बर २ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ १५ गतेदेखि १ महिनाका लागि उक्त सडक पूर्णरुपमा बन्द गरिएको थियो। हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके तापनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय, हेटौंडाले  जनाएको छ।

सडक ढलान गरिएको स्थानमा कङ्क्रिट सेट हुन र आवश्यक स्ट्रेन्थु हासिल गर्न समय लाग्ने भएकाले सडक बन्द गर्ने अवधि थप गरिएको कार्यालयको भनाइ छ।

कार्यालय प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक खण्ड साँघुरो भएको र ढलान गरिएको भागमा पूर्ण रूपमा सवारी सञ्चालन गर्न अझै परिपक्व नभएकाले असार २५ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको बताए ।

सडक बन्द रहेको अवधिभर सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा कुलेखानी सिस्नेरी दक्षिणकाली सडक प्रयोग गरी दुईतर्फी आवागमन मिलाउन पूर्वाधार विकास कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौँलाई समन्वयका लागि अनुरोध समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend