पब्लिक सूचना
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन्।
पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो।
कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ। त्यसमाथि छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन्छ। त्यसपछि मात्रै केन्द्रीय सदस्य चयनका लागि चुनाव हुने कार्यतालिका छ।
केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपाको विधानमा उल्लेख छ।
केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि बल्ल ८ जना पदाधिकारीको लागि चुनाव हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend