logo
  • आइतबार, असोज १८ २०८३

बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ २७ २०८३

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई अचानक सल्किएको आगोका कारण करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

बुधबार बिहान करिब २ः५२ बजेको समयमा उद्योगमा अचानक आगो सल्किएको थियो । मध्यराति लागेको आगोले हेर्दाहेर्दै उग्र रूप लिएपछि नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो ।

आगलागी भएको खबर पाउनासाथ नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सम्बद्ध निकायहरू आगो निभाउन खटिएका थिए । काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा अथक प्रयासपछि बिहान करिब ५स्४५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

आगलागीका कारण सिद्धबाबा युनिफर्म गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगो छिमेकी पसल र घरहरूमा समेत फैलिँदा थप क्षति पुगेको प्रहरीले जनाएको छ । उद्योगसँगै जोडिएका अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा आगोले ठुलो नोक्सानी पुर्‍याएको छ ।

यसका साथै स्थानीय लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासमा रहेका अन्य दुईवटा घरमा समेत आंशिक क्षति पुगेको छ । यस घटनामा कुनै पनि मानवीय क्षति भने हुन पाएन । घटनाको सम्बन्धमा प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend