पब्लिक सूचना
काठमाडौं, साउन ९ ।इन्ट्रोडक्सन टू टुरिजम मेनेजमन्ट विषयको प्रश्नपत्र भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि भएको भन्दै नेपाल विद्यार्थी संघले गर्यो त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको ध्यानाकर्षण । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले प्रश्नपत्र निर्माण सम्बन्धी बनेको नयाँ कार्यविधि लागू नगरि दोषी तथा प्रश्नपत्रका विचौलियाहरूलाई पुरस्कृत गर्ने जस्ता घृणित कार्य गर्दै आएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

देशका लाखौं विद्यार्थीको भविष्य सँग जोडिएको त्रिभुवन विश्वविद्यालय सँधै विश्वसनीय र वैज्ञानिक तरिकाले अघि बढ्नुपर्दछ भन्ने कुरालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघले विद्यार्थीको हितमा विश्वविद्यालयको सर्वपक्षीय सुधारको लागि आवाज उठाउँदै आएपनि साउन ८ गते लिएको चार वर्षे विए तेस्रो वर्षको हिस्ट्र, इन्ट्रोडक्सन टू टुरिजम मेनेजमन्ट विषयको प्रश्नपत्र भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि गरेर जस्ताको त्यस्तै सोधेको र एक घण्टामा प्रश्नपत्र पुनः निर्माण गरी परीक्षा सञ्चालन गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।
प्रश्नपत्र दोहरियको घटना पहिलो पटक भनएको जनाउँदै यो भन्दा पूर्व एमए प्रथम र तेस्रो सेमेस्टर तथा बिबिए छैटौँ सेमेस्टरमा प्रश्नपत्रहरु दोहरिदा नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा लगातार छ महिना भन्दा बढी आन्दोलन गरे पश्चात गरेका कारण प्रश्नपत्र निर्माणमा लापरबाही बढिरहेको हो भन्ने कुरा प्रमाणित भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति तथा अन्य पदाधिकारीहरूले आफू निरह भएको अभिव्यक्ति मिडियामा दिदै हिड्नु तर परीक्षा सञ्चालन जस्तो संवेदनसिल विषयमा पनि लापरवाही गरि रहनुले आम जनमानस
माझ विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्रको विश्वसनियता माथि प्रश्न उठ्न थालेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्ता गैरजिम्मेवार हर्कतहरुको घोर निन्दा गर्दै प्रश्नपत्र निर्माणमा भएको लापरवाहीको उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाल विद्यार्थी संघ जोडदार माग गरेको छ ।
विश्वविद्यालयको प्रश्नपत्र र समग्र परीक्षा प्रणाली माथि भैरहेको लापरबाहीको अन्त्य गर्दै दोषीलाई कारबाही नगरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार विश्वविद्यालय स्वयम् हुने कुराको समेत विद्यार्थी संघले चेतावनी समेत दिएको छ ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend