logo
  • आइतबार, असोज १८ २०८३

सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ७ २०८३

७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो

प्रधानमन्त्री बालेन्द्र शाहको  खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । दिनहुँ प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भन्दै सांसदहरूले सदनमा खोजेपनि सभामुखले बैठकमा आउन  रुलिङ गरेका छैनन् । विपक्षी सांसदहरूले रुलिङ गरेरै बोलाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रधानमन्त्रीको तर्फबाट सदनमा मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend