logo
  • आइतबार, असोज १८ २०८३

शासकीय सुधार कार्यसूची कार्यान्वयनमा कर्मचारीलाई सरकारको निर्देशन


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख १० २०८३

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीलाई शासकीय सुधारका कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन गरेको छ । सरकारले स्वीकृत गरेको शासकीय सुधारको कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीलाई मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै सबै कर्मचारीलाई सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूची अनुसार प्रशासनलाई जनमुखी र उदाहरणीय बनाउने कार्यमा कानुनले तोके अनुसार कार्यसम्पादन गर्न आग्रह गरिएको छ । मन्त्रालयका सचिव चन्द्रकला पौडेलद्वारा जारी सूचनामा शासकीय सुधारका कार्यसूचीमा विद्यमान भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती अन्त्य तथा प्रशासनलाई जनमुखी र उदाहरणीय बनाउने लक्ष्यसहित कर्मचारीलाई आचारसंहिता अक्षरशः पालन गर्न आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend