logo
  • आइतबार, असोज १८ २०८३

‘धुरन्धर २’ ले भारतमै कमायो ३ सय करोडभन्दा बढी


  • पब्लिक सूचना
  • आइतबार, चैत्र ८ २०८२

बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर २’ (धुरन्धरः द रिभेन्ज) ले प्रदर्शनको तीन दिनमै बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ।

फिल्मले रिलिजको तेस्रो दिनमा भारतमा नेट ३ सय करोड भारूको आँकडा पार गरेको हो।

ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार ‘धुरन्धर २’ ले मार्च १८ (बुधबार) पेड प्रिभ्यूबाट नेट ४३ करोड भारू कमाइ गरेको थियो। रिलिजको दिन फिल्मले १०२.५५ करोड भारू कमायो भने शुक्रबार ८०.७२ करोड भारू कमाइ गर्यो।

शनिबार बलियो प्रदर्शन गर्दै भारतमा बेलुका ८ बजेसम्म ९७.५२ करोड भारू कमाएको जनाइएको छ। योसँगै भारतमा फिल्मको नेट कमाइ ३२३ करोड ७९ लाख भारू पुगेको स्याक्निल्कले जनाएको छ।

‘धुरन्धर २’ ले ऋतिक रोशन र टाइगर श्राफको सन् २०१९ को हिट ‘वार’ को ३१८ करोड कमाइको लाइफटाइम कलेक्सनलाई उछिनेको छ। यसले पहिले नै यसको सिक्वेल ‘वार २’ लाई पनि पछाडि पारेको छ। गत वर्ष रिलिज उक्त फिल्मले २३६ करोड भारू कमाएको थियो।

रणवीरको फिल्मले सलमान खानको ‘टाइगर ३’ को लाइफटाइम कमाइलाई समेत उछिनेको छ, जसले २८२.७९ करोड भारू कमाएको थियो।

आदित्य धरको लेखन तथा निर्देशन रहेको जासूसी थ्रिलर ‘धुरन्धर २’ मा रणवीर सिंह बाहेक आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायतको अभिनय छ।

फिल्मले पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासूसी मिसनको कथा भन्छ। फिल्मको कथा पाकिस्तानको कराँचीस्थित लिहारी टाउन वरिपरि फैलिएको आपराधिक संसार र जासुसी गतिविधिसँग जोडिएको छ।

‘धुरन्धर २’ नेपालमा सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ। नेपालमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend