logo
  • आइतबार, असोज १८ २०८३

पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु


  • पब्लिक सूचना
  • मंगलबार, चैत्र ३ २०८२

३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा ७३ वटा विपद्का घटना भएकामा ४ जनाको ज्यान गएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ ।

सोमबार साँझको हावाहुरीले उदयपुरको कटारी नगरपालिका-८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको थियो । यस्तै उदयपुरमै रुखले किचेर ५ जना घाइते भएका थिए ।

समग्रमा पछिल्लो २४ घण्टामा १४ जना घाइते भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend