logo
  • सोमबार, असोज १९ २०८३

बिबिसी डकुमेन्ट्री भूराजनीतिक चलखेल : महासचिव पोखरेल


  • पब्लिक सूचना
  • शुक्रबार, फाल्गुन १५ २०८२

दाङ, फागुन १५ गते । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी डकुमेन्ट्रीलाई भूराजनीतिक चलखेलको संज्ञा दिनुभएको छ ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्नुहुँदै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभइ भूराजनीतिक चलखेल भएको उल्लेख गर्नुभएको छ । चुनावको मुखमा सार्वजनिक गरिएको डकुमेन्ट्रीको अनेक कारण भएको बताउँदै उहाँले त्यसलाई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भन्नुभएको छ ।

नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य भएको उहाँको ठम्याइ छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो, पोखरेलले भन्नुभएको छ ।

नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै प्रयास अस्वीकार्य हुने बताउनुभएको छ । पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताउनुभएको छ । सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने उहाँको धारणा छ।

“हामीले बुझ्नुपर्छ, लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, तर समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपगान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ, सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ” उहाँले भन्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend