logo
  • आइतबार, असोज १८ २०८३

अभिनेत्री नीति शाहले गरिन् बिहे


  • पब्लिक सूचना
  • शुक्रबार, फाल्गुन ८ २०८२

अभिनेत्री नीति शाह शुक्रबार बैवाहिक जीवनमा बाँधिएकी छन्।

उनले प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन्। काठमाडौंको एक होटलमा यी दुईको विवाह भएको हो।

नीति र याञ्चितले गत बैशाखमा कानुनी रूपमा विवाह गरेका थिए। उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाहपूर्व प्रि-वेडिङ फोटोसुट र सीक्रेट ब्याचलर पार्टी पनि सम्पन्न भएको थियो।

नीतिका श्रीमान् याञ्चित पेशाले एरोस्पेस इन्जिनियर हुन्।

नीति र याञ्चितले शनिबार साँझ रिसेप्सन पार्टी आयोजना गरेका छन्।

नीतिले फिल्म ‘खजुरे ब्रो’ बाट फिल्मी यात्रा सुरू गरेकी थिइन्। उनका ‘ज्वाइँ साब’, ‘मोहर’, ‘नरसिंहा अवतार’ लगायतका फिल्म प्रदर्शनमा आइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend