पब्लिक सूचना
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को प्रतिवेदन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्।
सोही उमेर समूहका महिलाहरूको हकमा भने यो दर ५.१ प्रतिशत मात्रै रहेको छ। यो तथ्याङ्कले नेपाली समाजमा महिलाको तुलनामा पुरुषहरू सुर्तीको लतमा बढी फसेको देखाउँछ।
सर्वेक्षणले निकै कम उमेरमै चुरोटको लत सुरु हुने गरेको चिन्ताजनक तथ्य पनि बाहिर ल्याएको छ। तथ्याङ्क अनुसार ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षको उमेर नपुग्दै पहिलो पटक पूर्ण रूपमा एक खिल्ली चुरोट वा बिँडी सेवन गरिसकेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend