पब्लिक सूचना
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालत भाग्न नपाउने बताएका छन्।
प्रेस चौतारीले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका हुन्।
‘संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन। यसको निरूपण तत्कालै गर्नुपर्छ,’ उनले भने, ‘संसद पुनर्स्थापना हुने हो भने निर्वाचनको नाममा भइरहेको यो सारा गतिविधि र खर्च अनावश्यक हुन्छ र नहुने हो भने ढुक्कसँग निर्वाचनमा जाने हो।’
उनले न्यायिक प्रक्रियामा ढिलाइ गर्न नहुने बताए।
‘न्यायिक पक्रिया आतंकित भएर, डराएर र लोभ प्रभोलनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने भोलि महाभियोग पर्ला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय सामु डराउने, पन्छिने देखिएको छ। त्यो प्रवृत्ति संसद पुनःस्थापनाको न्यायिक निरुपनको विषय अल्झिएको छ। आज पनि पेसी चढ्छ भनेर हामीले अपेक्षा गरेको पनि तारिकमा सर्यो। प्रधानन्यायाधीश लगायतका न्यायधीश लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ। यसबाट के बुझिन्छ भने हामी निकै ठूलो वैदेशिक आक्रमणमा छौँ। हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै जलेका होइनन्, हाम्रो न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ,’ उनले भने।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend