logo
  • आइतबार, असोज १८ २०८३

सल्यानमा हतियार बुझाउन जिल्ला प्रशासनको अनुरोध


  • पब्लिक सूचना
  • आइतबार, माघ ११ २०८२

११ माघ, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले सल्यान प्रशासनले हातहतियार बुझाउन आग्रह गरेको हो ।

जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार १५ दिनभित्रमा अनिवार्यरूपमा जिल्ला प्रहरी कार्यालय वा नजिकको इलाका प्रहरी कार्यालयमा बुझाउन प्रशासनले भनेको छ ।

प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने व्यवस्था गरिएको छ ।

सूचनाविपरीत कसैले पनि इजाजतप्राप्त हतियारहरु तोकिएको समयभित्र नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ । एउटा निर्वाचन क्षेत्र रहेको सल्यानमा दुई स्वतन्त्रसहित १४ उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्लामा एक लाख ६२ हजार चार सय ४९ मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend