पब्लिक सूचना
Indian residents queue to deposit money in a Cash Deposit Kiosk in Siliguri on November 8, 2016.
Indian Prime Minister Narendra Modi announced late November 8 that 500 and 1,000 ($15) rupee notes will be withdrawn from financial circulation from midnight, in a bid to tackle corruption. 'To break the grip of corruption and black money, we have decided that the 500 and 1,000 rupee currency notes presently in use will no longer be legal tender from midnight ie 8 November, 2016,' Modi said in a special televised address to the nation. / AFP PHOTO / DIPTENDU DUTTA
सप्तरी, साउन ४ गते । सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसाय प्रभावित भएको छ । यो प्रदेशका सीमावर्ती हाटबजार, पर्यटन र होटल व्यवसाय भारतीय पर्यटकमा निर्भर छ । भारु नचल्ने अवस्थाकै कारण सीमावर्ती बजारको खरिद बिक्रीमा पनि प्रभाव परेको छ ।
भारु एक सयमाथिका नोट नेपालमा प्रतिबन्ध नै छ । भारु सयका नोट चलाउन पनि व्यवसायीले आनाकानी गर्छन् । भारु एक सयमा १० रुपियाँ बट्टा दर (छुट) दिँदा पनि नेपालको सीमावर्ती बजारमा चल्न छाडेको छ । एक सय भारु बराबर १६० नेपाली रुपियाँ तोकिएको विनिमय दर हो । तर, सीमावर्ती बजारमा तोकिएको दरमा कारोबार हुन छाडेको महिनौँ भइसक्यो ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनीताकुमारी यादवले भारु नोट चल्नै छाडेपछि भारतीय नागरिक आउने क्रम पातलिएको र त्यसले पर्यटन तथा होटल व्यवसायमा ठुलो प्रभाव पारेको बताउनुभयो । “भारु नोट सहजै चल्दा जनकपुरधाम, राजविराज, माडर, जलेश्वर, वीरगन्ज, गौर, कलैयालगायतका नाकाबाट दैनिक सरदर हजारौँ भारतीय नम्बर प्लेटका गाडी भित्रिन्थे,” उहाँले भन्नुभयो, “तर पछिल्लो समय भारु नोट चल्न छाडेपछि ती नाकाबाट आउने भारतीय पर्यटक निकै कम भएको छ ।”
भारु नोट नचल्दा यतिबेला मधेश प्रदेशका धेरै होटल खाली रहेको सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालु अग्रवालले बताउनुभयो । यो समस्याले नेपाल घुम्न, पढ्न आउने भारतीय विद्यार्थी र उपचारका लागि आउने बिरामी प्रभावित भएका बताउँदै उहाँले भारतीय नोट नचल्दा राजविराजसहित आसपासका सीमावर्ती बजारमा चलपहल पनि कम भएको जानकारी दिनुभयो ।
सीमावर्ती भारतीय बजार कुनौली, वीरपुर, जयनगर, रक्सौल, लौकहीलगायतका व्यापारीले भारु लिन छाडेपछि राजविराज, जनकपुरधाम, वीरगन्ज, लाहान, कलैया, गौर र आसपासका व्यापारीले पनि भारु नोट लिन छाडेका अग्रवालले बताउनुभयो । भारु नोट नचल्दा बजारको खरिद बिक्री ४० प्रतिशतले घटेको छ । कुनै बेला भारु लिन होडबाजी गर्ने व्यवसायी यतिबेला भारु लिन मान्दैनन् । पहिले सटही सेन्टरले एक सय भारुलाई नेपाली १६५ रुपियाँसम्म हालेर किन्थे । अहिले भने भारु कारोबारमा अवमूल्यन भएको छ । मजदूरीका लागि भारत पुगेर फर्किनेले पनि भारु बोकेर आउनु र कालोबजारीबाट भारु भित्रिँदा बजारमा भारुको भाउ घटेको स्थानीय व्यापारी बताउँछन् । केही व्यापारी भारतीय नोट स्वीकार गर्न तयार भए पनि १० देखि २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितले गुनासो पोखेका छन् ।
एक स्थानीयवासीले राजविराज बजारमा पाँच सयको भारु नोट सात सय नेपाली रुपियाँमा साटिनुपरेको बताउनुभयो । भारतको पटनाबाट हालै घर फर्किएका राजविराज–७ का रूपेश साहले आफूसँग भएको १५ हजार भारुलाई नेरु बनाउन एक व्यवसायीलाई आठ सय रुपियाँ अतिरिक्त शुल्क तिर्नु परेको दुःखेसो पोख्नुभयो । यस्तै राजविराज–६ का सुखराम मण्डलले आफूसँग पाँच सय दरका पाँच हजार भारतीय रुपियाँ साट्न नगरका सबै बैङ्क पुगे पनि कसैले साट्न नमानेको गुनासो गर्नुभयो । उहाँका अनुसार भारतीय सरकारले दुई हजार दरका नोटमाथि प्रतिबन्ध लगाएको भए पनि यहाँ त सय, दुई सय, पाँच सय दरका नोट पनि कारोबार बन्द भएको बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend