पब्लिक सूचना
काठमाडौँ, पुस १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताउनु भएको छ । मङ्गलबार तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको छ ।
‘सांस्कृतिक विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठूलो शक्ति हो’, टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नु भयो, ‘तमु ल्होसारजस्ता पर्वले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन्।’
सम्बोधनको सुरुमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, ‘यहाँहरू सबैमा हार्दिक नमस्कार। छ्या जलो। तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको यस पावन अवसरमा म यहाँ उपस्थित हुनुभएका र देशविदेशमा छरिएर रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend