logo
  • आइतबार, असोज १८ २०८३

त्रिविको ५१औँ दीक्षान्त समारोह : पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक


  • पब्लिक सूचना
  • बुधबार, पुष २ २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक रेको छ

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरूमा सर्वप्रथम भई दीक्षान्त पदक तथा पुरस्कारका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची प्रकाशन गरेको हो।

कार्यालयका अनुसार, यदि प्रकाशित नामावलीमा उल्लेख भएका बाहेक अन्य कुनै विद्यार्थीले आफू पदक वा पुरस्कारका लागि योग्य भएको लागेमा तोकिएको समयभित्र दाबी विरोध गर्न सक्नेछन् ।

विद्यार्थीहरूले आगामी पुस ४ गतेभित्र आवश्यक प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध दर्ता गराउन सक्नेछन्। तोकिएको म्यादभित्र दाबी विरोध नआएमा हाल प्रकाशित नामावली नै अन्तिम मानिने र सोही अनुसार पदक तथा पुरस्कारका लागि सिफारिस गरिने ब्यहोरा त्रिविले जानकारी गराएको छ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आगामी पुस १० गते  आयोजना गरिनेछ।

ddd

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend