logo
  • आइतबार, असोज १८ २०८३

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, कतिमा भइरहेछ कारोबार?


  • पब्लिक सूचना
  • आइतबार, मंसिर २८ २०८२

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।  दुई महिना अघि अर्थात् असोज अन्तिममा सुन दुई लाख ५८ हजार पुगेको थियो।

शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने प्रतितोला ८० रूपैयाँले घटेको छ।

शुक्रबार तीन हजार ९ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend