logo
  • आइतबार, असोज १८ २०८३

गभर्नर पौडेल: बैंकका सेवाहरू राष्ट्रिय आवश्यकता अनुसार छैनन्


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर १६ २०८२

नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले वाणिज्य बैङ्कहरूको कार्यशैली राष्ट्रिय आवश्यकता, मौद्रिक नीति तथा बैङ्कका सेवाका उत्पादनसँग समन्वित नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उहाँले त्यस्तो समस्या समाधानका लागि नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्ने पनि जनाउनुभयो । उहाँले यी समस्याका कारण बैङ्कहरूको नाफा कमाउने क्षमतामा नै ह्रास हुँदै गएको भन्दै शाखाका सम्बन्धमा पनि पुनर्विचार गर्न आग्रह गर्नुभयो । उहाँले व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले थप काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै केन्द्रीय बैङ्कले दिएको स्वतन्त्रताको पनि सदुपयोग गर्न सुझाव दिनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend